हटौंडा भेट्रान कप २०७५ : कैलाली भेट्रानलाई हराउँदै चितवन भेट्रान विजयी

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २० मंसिर २०७५, १६ : ४४
हटौंडा भेट्रान कप २०७५ : कैलाली भेट्रानलाई हराउँदै चितवन भेट्रान विजयी

चितवन । हटौंडा भेट्रान कप– २०७५ मा आज भएको खेलमा चितवन भेट्रान फुटबल क्लब विजयी भएको छ । कैलाली भेट्रान टिमलाई १–० को गोल अन्तरले हराउँदै चितवन भेट्रानले पहिलो जित निकालेको हो । 

चितवन भेट्रानका महेन्द्र खवासले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच धर्मेन्द्रराज शाही घोषित भए । 

प्रतियोगिताअन्तर्गत भोली हुने खेलमा चितवन भेट्रान फुटबल क्लबले बगर भाई खलक बीसँग प्रतिस्पर्धा गर्नेछ । 
१४ टिमको सहभागिता रहेका प्रतियोगितामा विजेताले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस