पूर्व सचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, ०२ कार्तिक २०८२, १३ : ५७
पूर्व सचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार मिश्रविरुद्धको फाइल अदालतमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ। आयोगका स्रोतले भने, “विशेष अदालतमा भर्खरै आरोप पत्र पेश भएको हो, फाइल रुजु र दर्ता गर्ने काम भइरहेको छ।”

डा. मिश्र केही साताअघि जेन जेड नेतृत्वको सरकार गठनपछि स्वास्थ्य मन्त्रालयमा सक्रिय हुन थालेकी थिइन्। उनको नाम स्वास्थ्य मन्त्रीको रूपमा समेत चर्चामा आएको थियो। तर, सरकारले स्वास्थ्य सचिवका रूपमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि उनी बिदामा बसेकी थिइन्।

प्रतिक्रिया दिनुहोस