जन्मदिनको अवसरमा भगडीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, १९ मंसिर २०७५, १९ : १९
जन्मदिनको अवसरमा भगडीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

चितवन । लियो क्लब अफ भरतपुर युथका डाइरेक्टर गोविन्द पौडेलको जन्मदिनको अवसरमा श्री राष्ट्रिय प्राथमिक विद्यालय भगडी भरतपुर –२६ का विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामग्री वितरण गरिएको छ । उनको २२औँ जन्मदिनको अवसरमा विद्यालयमा बुधबार एक कार्यक्रमकाबीच विद्यालयका ६० जना विद्यार्थीहरुलाई कापी र पेन्सिल वितरण गरिएको हो । खेल सामग्रीको रुपमा विद्यालयलाई लुडो वितरण गरिएको थियो ।

होटेल रेष्टुरेन्टमा गएर जन्मदिन मनाउनुभन्दा त्यो पैसाबाट आफनै गाउँमा रहेको विद्यालयका विद्यार्थीहरु लाई सहयोग गरौँ भन्ने लागेर विद्यार्थीहरुसँगै विद्यालयमै जन्मदिन मनाएको डाइरेक्टर पौडेलले बताए । कार्यक्रममा उपस्थित पौडेलका साथीहरुले उनलाई जन्मदिनको शुभकामना  दिनुका साथै विद्यालयमा शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएकोमा पौडेलको प्रशंसा गरेका थिए । 

विद्यालयका प्रधानाध्यापक रामजी महतोले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकोमा डाइरेक्टर पौडेललाई जन्मदिनको शुभकामना दिँदै धन्यवाद व्यक्त गरेका थिए । 


 

प्रतिक्रिया दिनुहोस