काठमाडौं । तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, १८ : ५०
लेखकबाट थप