काठमाडौँ । अर्थतन्त्रको पुन:निर्माण र पुनरोत्थानका लागि निज क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।
आज प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि सरकारबाट आवश्यक सहयोग र सुरक्षाको अपेक्षा गरेको बताए ।
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययनअनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।
साथै अध्यक्ष ढकालले व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरेका छन् । उनले महासंघमार्फत देशभरको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांकअनुसार करिब रु. ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, १२ : १८
लेखकबाट थप