दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०८२, १९ : ४९
दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

काठमाडौं ।बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ ।

शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो ।

त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस