काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेन जेड आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरूलाई भेटेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरू लाई भेटेकी हुन् ।
उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको क्रममा घाइते भई उपचार गराइरहेका प्रहरीहरूको स्वास्थ्य अवस्था चासो देखाइन् । उनले घाइते भएका अन्य सर्वसाधारणलाई पनि भेटेकी थिइन् ।
यसअघि बुधबार घाइते प्रहरीहरूलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ पनि पुगेका थिए । आन्दोलनमा ३ जना प्रहरीको मृत्यु भएको थियो भने केही प्रहरीहरू गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार जारी छ । सामान्य घाइते भएका प्रहरीहरू उपचारपश्चात् सेवा फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, २० : २५
लेखकबाट थप