काठमाडौँ । नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) आयोजकको रूपमा रहेको यो सिरिज दुबईस्थित शारजाह क्रिकेट मैदानमा हुनेछ।
खेलको टिकट मूल्य युएईको ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ। नेपाली मूल्यमा रूपान्तरण गर्दा १९२९ देखि १५ हजार ४३९ सम्मको टिकट काटेर समर्थकले खेल हेर्न पाउनेछन्।
नर्थवेष्ट स्ट्यान्ड र नर्थ इष्ट स्ट्यान्डका लागि सबैभन्दा सस्तो ५० दिराम (१ हजार ९२९ नेपाली रुपैयाँ) रहेको छ। इस्ट स्ट्यान्ड र वेष्टस्ट्यान्डका लागि ६० दिराम (२ हजार ३१५ रुपैयाँ) रहेको छ।
गोल्डेन र प्लाटिनियम पेभिलियनको लागि १०० दिराम (३ हजार ८५९ रुपैयाँ) रहेको छ। वेष्ट भीआइपी सुइटका लागि सबैभन्दा महँगो टिकटको रूपमा ४०० दिराम (१५ हजार ४३९ रुपैयाँ) मूल्य तोकिएको छ।
नेपालले पहिलो खेल असोज ११ गते खेल्नेछ। दोस्रो र तेस्रो खेल असोज १३ र १४ गते हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै
नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै
नेपालमा टर्की दूतावास स्थापना सम्भावनाबारे सकारात्मक संकेत
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
नेपाल-कतार सम्बन्ध सुदृढीकरणमा जोड