सरकारविरुद्ध कांग्रेसकै प्रर्दशन, सडकमा निस्किए १५ संघसंस्था

पत्रपत्रिकाबाट

शुक्रबार, २१ पुस २०७४, ०७ : ४६
सरकारविरुद्ध कांग्रेसकै प्रर्दशन, सडकमा निस्किए १५ संघसंस्था

सरकारले प्रदेश ५ को स्थायी केन्द्र राजधानी दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ ।

आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा विहीबार एक घन्टा चक्काजाम गरेको हो ।

कांग्रेसनिकट विद्यार्थी संगठनले पनि बुटवलमा मसालजुलुस प्रर्दशन गर्यो ।

बुटवललाई प्रदेश ५ को अस्थायी केन्द्र तोकिनुपर्ने मागसहित कांग्रेस, एमाले र व्यावसायिक संघसस्थाले विहीबार बुटवलमा छुटटछुट्टै प्रर्दशन गरेका छन ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस