वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०८२, १० : ४५
वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

काठमाडौं । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।

इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरिरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस