राष्ट्रियसभा चुनाव : कुन प्रदेशमा कति मतदादता ?

पत्रपत्रिकाबाट

शुक्रबार, २१ पुस २०७४, ०६ : ५५
राष्ट्रियसभा चुनाव :  कुन प्रदेशमा कति मतदादता ?

राष्ट्रियसभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश नम्बर २ छन् । भने सबभन्दा कम मतदाता प्रदेश नम्बर ६ मा । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रियसभा सदस्य भने समान संख्यामा चुनिने छन् ।

मधेसी दलले प्रदेशको जनसंख्याको अनुपातमा राष्ट्रियसभा सदस्य चुनिनुपर्ने माग राख्दै आए पनि उक्त माग अनुसारको संविधान संशोधन हुन नसकेपछि सबै प्रदेशबाट समान संख्यामा सदस्य निर्वाचित हुने भएका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीनजना सहित ८ जना चुनिने संवैधानिक प्रावधान छ ।

त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एकजना महिलासहित तीन जना राष्ट्रियसभामा मनोनित हुनेछन् । राष्ट्रियसभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्यहरु तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस