हेटौँडा । बागमती प्रदेशसभा बैठक १५ भदौमा बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले शुक्रबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत बाह्रौँ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन अवस्था रहेको २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।
बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने सभामुख पाठकले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १२ : ४६
लेखकबाट थप