राइटपाथ करियर काउन्सेलिङको नयाँ शाखा नारायणगढमा

सफल खबर संवाददाता

शुक्रबार, १४ मंसिर २०७५, १७ : ४९
राइटपाथ करियर काउन्सेलिङको नयाँ शाखा नारायणगढमा

चितवन । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आएको राइटपाथ करियर काउन्सेलिङले भरतपुरमा पहिलो शाखा विस्तार गरेको छ ।

यस शाखाको उद्घाटन भोलि शनिबार ११ बजे ईक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे तथा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीको आतिथ्यतामा हुनेछ ।

राइटपाथले विगत दुई वर्षदेखि वैदेशिक शिक्षाको लागि अस्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्यान्ड, युरोप र जपान जाने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । साथै भाषा प्रशिक्षण कक्षाहरु आईइएलटिएस, स्याट, पिटिइ, जिएमएटि, जिआरइ र जेएलपिटि संचालन गर्दै आएको राइटपाथ करियर काउन्सेलिङका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसिले भरतपुरमा पत्रकार सम्मेल गरी जानकारी दिनुभयो । 

नारायणगढको लायन्स चोक, षट्कोण भवनमा राइटपाथले कक्षाहरु संचालन गर्न लागेको हो । अब छिट्टै दाङमा पनि नयाँ शाखा विस्तार गर्न लागेको डिसिले बताउनुभयो । विद्यार्थीहरुलाई काठमाडौं जान असहज भएको र विभिन्न शहरबाट सेवा प्रदान गर्न विद्यार्थीहरुले सुझाव दिएका कारण देशका मुख्य शहरहरुमा आफनो शाखा विस्तार गर्न लागिएको उहाँको भनाइ थियो ।  

प्रतिक्रिया दिनुहोस