नानो भूउपग्रह ‘मुनाल प्रक्षेपण’ छिट्टै

पत्रपत्रिकाबाट

मंगलबार, १० भदौ २०८२, ०७ : ५२
नानो भूउपग्रह ‘मुनाल प्रक्षेपण’ छिट्टै

काठमाडौ । नेपालको दोस्रो नानो भूउपग्रह (स्याटेलाइट) ‘मुनाल’ को छिट्टै प्रक्षेपण हुने भएको छ । यो भूउपग्रहलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल नामको संस्था र काठमाडौँ विश्वविद्यालय हाइअर स्कुल (केयुएचएस) लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाको सहयोग रहेको छ । 

उक्त उपग्रह यसअघि नै निर्माण सकिएको भए पनि प्राविधिक समस्याका कारण प्रक्षेपणमा ढिलाइ भएको हो । विज्ञान तथा प्रविधि क्षेत्रको अध्ययनमा क्रियाशील भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इस्रो) अन्तर्गतको न्यु स्पेस इन्डिया लिमिटेडको प्राविधिक सहयोगमा भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । 

यसअघि २०७६ सालमा नेपालले पहिलो नानो (करिब एक केजी तौल भएको) भूउपग्रह ‘नेपाली स्याट–१’ को प्रक्षेपण गरेको थियो । अमेरिकाको भर्जिनियास्थित नासा हेडक्वाटरबाट प्रक्षेपण गरिएको हो तर उक्त भूउपग्रह नेपाली वैज्ञानिकले जापानमा निर्माण गरेका थिए ।

दोस्रो भूउपग्रह मुनालको तौल पनि एक केजी हाराहारी रहेको र यस भूउपग्रह निर्माणमा संलग्न विद्यार्थीलाई तालिम तथा अन्य प्रविधि नेतृत्व गर्नुभएका वैज्ञानिक डा. आभास मास्केले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस