विपन्नले पाउँदैनन् उपचार : रोगसँगै ऋणको भारी !

पत्रपत्रिकाबाट

शुक्रबार, २१ पुस २०७४, ०६ : ४८
विपन्नले पाउँदैनन् उपचार : रोगसँगै ऋणको भारी !

जिल्लाको दुर्गममा पर्ने फकफोकथुम गाउँपालिका ७, फुएतप्पाका १० बर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा छोराको उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर भौँतारिरहेका छन् । अत्यन्त कमजोर आर्थिक अवस्थाका उनलाई दिनहुँ ४० हजार रुपैयाँ खर्च जुटाउनु फलामको चिउरा चपाए जस्तै हो ।

'के गर्नु उपचार नगरौँ छोराको माया आफ्नोभन्दा धेरै छ, उपचार गरौँ जायजेथाले धान्न नसक्ने ऋण थाप्लोमा परिसक्यो', रामनाथले भने- 'टाक्टरले छोरालाई निको हुन्छ भनेकाले मुटु मिचेर उपचारमा खर्च गर्नुपरेको छ' , आफन्त र छिमेकीले पैसा उठाएर पठाईदिएका छन् ।', यो खबर आजको नागरिक दैनिकमा भीम चापागाईले लेखेका हुन्, सरकारले विशिष्ट व्यक्तिको उपचारमा लाखौँ रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दुरदराजका विपन्न विरामीको मन भत्भती पोल्छ ।

प्रतिक्रिया दिनुहोस