प्रधानाध्यापकबाटै दुई करोड भ्रष्टाचार

पत्रपत्रिकाबाट

शुक्रबार, २१ पुस २०७४, ०६ : ४४
प्रधानाध्यापकबाटै दुई करोड भ्रष्टाचार

लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ ।

उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम सरकारबाट स्रोत प्राप्त अनुदानमा अनियमितता गरेको छानविनबाट खुलेको हो ।

विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्देशनअनुसार छानविन गर्दा निमित्त प्रधानाध्यापक रायले अनियमितता गरेको पुष्टि भएको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस