काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारत र चीनले नेपालप्रति हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छ– नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाललाई पुरै बेवास्ता गरी नेपाली भूभागबाट व्यापारमार्ग खोल्ने भारत र चीनको यो निर्णय नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताप्रतिको ठाडो हस्तक्षेप हो ।
यसका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दबाब दिन सो पार्टीले पार्टी सम्पूर्ण देशभक्त नेपालीप्रति आह्वान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दस्तावेजमाथि छलफल गर्न २० समूह गठन
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आज
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने