कर्णाली प्रदेश स्थापना दिवस यस वर्ष तीन दिन मनाइने

सफल खबर संवाददाता

शनिबार, २४ साउन २०८२, १४ : ४३
कर्णाली प्रदेश स्थापना दिवस यस वर्ष तीन दिन मनाइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा शहीद दिवस तीन दिनसम्म मनाउने भएको छ। मन्त्रिपरिषद्को शनिबारको बैठकले भदौ ३, ४ र ५ गते विशेष कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

२०७२ सालको संविधानसभाबाट सङ्घीयताको खाका सार्वजनिक भएपछि कर्णाली प्रदेशको स्थापना भएको हो।२३ भदौ २०७२ मा संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कन प्रस्ताव सार्वजनिक गरेपछि सुरु भएको आन्दोलन चर्किँदै जाँदा चार जनाको ज्यान गएको थियो।

आन्दोलनकै परिणामस्वरूप ४ भदौमा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिमलाई समेटेर कर्णाली प्रदेश गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस