एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १५ मा अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रयासबारे छलफल गर्ने पुष्टि गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा आर्मेनिया र अजरबैजानका नेताहरूसँगको कार्यक्रममा बोल्दै ट्रम्पले भने, 'हामी रूससँग भेट्दैछौँ।'
उनका अनुसार, वार्ताका क्रममा सम्भावित शान्ति सम्झौतामा केही क्षेत्रहरूको आदान–प्रदान हुने सम्भावना छ, जुन अहिले नै विवादको विषय बनेको छ। 'यो धेरै जटिल छ। तर हामी केही परिवर्तन गर्नेछौं। केही क्षेत्रहरू दुवै पक्षको हितमा साटासाट गरिनेछ,' ट्रम्पले भने।
युक्रेन र यसको युरोपेली सहयोगीहरूले भने क्रिमिया, डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया लगायतका कब्जा गरिएका क्षेत्रहरू रूसलाई हस्तान्तरण गर्ने कुनै पनि सम्झौतामा लामो समयदेखि कडा आपत्ति जनाउँदै आएका छन्।
रूसी राष्ट्रपति पुटिनले भने बारम्बार कुनै पनि शान्ति सम्झौतामा युक्रेनले २०१४ देखि कब्जामा रहेका केही भू–भाग त्याग्नुपर्ने बताउँदै आएका छन्। साथै उनले युक्रेनलाई पश्चिमी सहायता रोक्न र नेटोमा सदस्यता लिन खोज्ने प्रयास अन्त्य गर्न समेत आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २५ साउन २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर
चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
गाजाका सबै बन्धक सोमबार वा मंगलबार छुट्छन् : ट्रम्प
नोबेल शान्ति पुरस्कारको घोषणा हुँदै, ट्रम्पले पाउने सम्भावना कति ?
ट्रम्पको २० बुँदे योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने
औषधि, ठूला ट्रक र फर्निचरमा भारी कर लगाउने ट्रम्पको नयाँ शुल्क घोषणा