ढोरपाटन (बागलुङ) । यहाँको बडिगाड गाउँपालिका-२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।
सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोकको कोदारीमा पहिरो: अरनिको राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा