काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक रोकिनुमा नेकपा (एमाले) र नेपाली काँग्रेस दोषी रहेको आरोप लगाएका छन्।
उनले आफ्नो पार्टीलाई पनि काँग्रेस-एमाले जस्तै भनेर बुझ्नु ‘दृष्टिदोष’ भएको टिप्पणी गरे। बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘शैक्षिक संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘विद्यालय शिक्षा विधेयक सदनमा पुग्न ढिलाइ भयो, त्यो नेकपा (एमाले) र नेपाली काँग्रेसका कारणले भएको हो,’ अध्यक्ष दाहालले भने, ‘यो विधेयक मेरो प्रधानमन्त्रीत्व कालमा दर्ता भएको हो। तर शिक्षकहरूसँग भएका सम्झौता विपरीत जान खोज्ने र विधेयकको विरुद्धमा जाने काम वर्तमान सरकारको नेतृत्व गर्ने एमाले र केपी ओलीजी नै हुनुहुन्छ। यसमा कोही भ्रममा पर्नु जरुरी छैन।’
उनले असार १५ भित्र विधेयक पारित गर्ने प्रतिबद्धता जनाएको सरकारले श्रावण १५ बितिसक्दा पनि काम गर्न नसकेको भन्दै आलोचना गरे। ‘सरकारले विधेयक रोकेर राखेको छ,’ उनले भने।
कार्यक्रममा विद्यार्थीहरूले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले माओवादी केन्द्रको नेतृत्वमा भएका कामहरूलाई नजरअन्दाज गरेर सबै दललाई एउटै डालोमा हाल्न नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’