काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तनको सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटाक्ष गरेका छन् ।
बहुदलीय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रको मुख्य नेतृत्वमा प्रचण्ड रहिरहेको भन्दै उनले कटाक्ष गरेका हुन् ।
यस अवधिमा नेकपा एमालेको मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल र हाल केपी शर्मा ओली रहेको दृष्टान्त उनले पेस गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको मुख्य नेतृत्वमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा रहे पनि बहुदलपछि हालसम्म माओवादीको नेतृत्व प्रचण्डले मात्र गरेको उनले उल्लेख गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’