काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तनको सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटाक्ष गरेका छन् ।
बहुदलीय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रको मुख्य नेतृत्वमा प्रचण्ड रहिरहेको भन्दै उनले कटाक्ष गरेका हुन् ।
यस अवधिमा नेकपा एमालेको मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल र हाल केपी शर्मा ओली रहेको दृष्टान्त उनले पेस गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको मुख्य नेतृत्वमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा रहे पनि बहुदलपछि हालसम्म माओवादीको नेतृत्व प्रचण्डले मात्र गरेको उनले उल्लेख गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ साउन २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग