काठमाडौँ । मधेस प्रदेश सभामा प्रतिपक्षी दल बिना छलफल सुरू भएको छ । सोमबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालसहित सदनमा रहेका ६ वटै प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दलबिना बजेट माथिको छलफल सुरू भएको छ ।
असार १ गते अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। तर लामो समयदेखि बजेटको विषयलाई लिएर विवाद भएपछि आजबाट प्रदेश सभामा छलफल सुरू भएको हो । प्रतिपक्षी दलले बजेटमा बिचौलिया हाबी भएको भन्दै बैठक अवरुद्ध पछि बहिष्कार गरेका हुन्।
कार्यदलमा रहेका प्रतिपक्षी दलका सांसदहरूले सरकारले सार्वजनिक गरेको आगामी आवको योजना पुस्तिका २०८२र०८३ र योजना सूचना प्रणालीमा प्रविष्ट भएको योजना फरक रहेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्यहरूले बैठक बहिष्कार गरेका छन् । अहिले सदनमा सत्तापक्षको तर्फबाट जनमत पार्टी, नेकपा एमाले, नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलित परिवारको घर भत्काएको विषयमा मधेश प्रदेश सभामा पनि कारबाहीको माग