‘कुलिङ अफ पिरियड’मा किर्ते: छानबिन समितिको पहिलो बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०८२, १० : ०६
‘कुलिङ अफ पिरियड’मा किर्ते: छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाडौ । कुलिङ अफ पिरियडमा गरिएको किर्ते छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक आज (असार २४, मंगलबार) बस्ने भएको छ। 

संघीय निजामती सेवा विधेयकमा राखिएको 'कुलिङ अफ पिरियड'सम्बन्धी प्रावधानमा ‘बाहेक’ शब्द घुसाइएको पाइएपछि छानबिनका लागि सभामुख देवराज घिमिरेले सात सदस्यीय समिति गठन गरेका छन्। 

जसमा नेपाली कांग्रेसबाट सांसदहरू जीवन परियार र शुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट  रोशन कार्की छन्। 

उक्त समितिको पहिलो बैठक आज मध्याह्न १२ बजे  सभामुखको उपस्थितिमा नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस