काठमाडौँ । गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्रीले ‘साहसी छोरीहरू’ भन्दै गायिकाद्धय एलिना र समीक्षाको अभियानमा समर्थन जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले चौहान र अधिकारीको तरिकामा समर्थन जनाउँदै लेख्छन्, ‘समाजलाई उत्तेजनाले ’गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’ ‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन’ ओलीले फेसबुकमा लेखेका छन् । एलिनाले पनि प्रधानमन्त्रीको स्टाटस सेयर गर्दै कडा कानून ल्याउनुपर्ने माग राखेकी छन् ।
पछिल्ला केही दिनयता एलिना र समीक्षाको निजी जीवन र विगतप्रति टिप्पणी गर्दै केही सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमा लान्छना लगाइरहेका छन् । यस्तो टिप्पणी गर्नेको आइडी सार्वजनिक गर्दै यी दुई गायिकाले सामाजिक संजालमा प्रतिरोध अभियान चलाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ असार २०८२, ११ : ४८
लेखकबाट थप