काठमाडौँ । नेपाल पानी उद्योग महासङ्घ दर्ता गरिएको छ । सोमबार नेपाल पानी उद्योग महासङ्घ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएकाे हो । विक्रम लिम्बु चेमजोङको अध्यक्षतामा दर्ता भएको महासङ्घको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, उपाध्यक्षहरूमा बिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, साहिल साह,टेकेन्द्र सिंह कुन्जेडा र कृष्ण प्रसाद आचार्य रहेका छन् ।
त्यस्तै, महासङ्घको महासचिवमा ध्रुव प्रसाद अधिकारी रहेका छन् । समितिको उपमहासचिवमा रोसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाईं रहेका छन् ।महासङ्घको सदस्यहरुमा सहदेब बोलखे, विष्णु हमाल, पदम राउत, शौरभ मारु, नारायण गिरी, रक्की लामा, ,आशिष चौधरी, मनिष महासेठ, राम सुवाल र जितेन्द्र दाहाल रहेका छन् ।
नेपाल अधिराज्यभर फैलिएका पानी उद्योगीहरूको लामो समयदेखिको साझा सपना, सातै प्रदेशका उद्योगीहरूको प्रतिनिधिमूलक सहभागितामार्फत नेपाल पानी उद्योग महासङ्घको दर्ता सफल भएको महासङ्घका महासचिव ध्रुव प्रसाद अधिकारीले बताए ।
महासचिव अधिकारीले महासङ्घ दर्ता प्रक्रिया सफल बनाउन प्रत्यक्ष वा परोक्ष रूपमा साथ, समर्थन र योगदान गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन् । पानी उद्योगीहरूले भोगिरहेका नीतिगत र व्यवहारिक समस्याहरूको समाधान खोज्न पूर्णतः प्रतिबद्ध रहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ असार २०८२, १४ : ५१
लेखकबाट थप