काठमाडौं । आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रधान कार्यालयको सोमबार निर्णय अनुसार सप्तरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको पुष्टि गरे । खतिवडाको ठाउँमा प्रहरी हेडक्वाटरकै युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई पठाइएको छ । उनी पनि यसअघि धादिङबाट तानिएका थिए ।
गत असोजमा परेको वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो । झ्याप्ले खोलामा पहिरोले गाडी पुर्दा धेरै मान्छेले ज्यान समेत गुमाएका थिए । यो घटनामा छानबिन समितिले एसपी केसीको समेत कमजोरी औंल्याएपछि उनको जिम्मेवारी खोसिएको थियो ।
खतिवडाले गाँजा मुद्दाका एक आरोपीलाई पक्राउ गनर्ने सर्तमा वरिष्ठ सई विश्वनाथ साहमार्फत रकम लिएको आरोप छ । गाँजा कसुरमा जोडिएमा जोगानन्द मण्डललाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेशसँग ४ लाख रुपैयाँ लिएको आरोप छ । यही विषयमाथि छानबिन सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : ४४
लेखकबाट थप