विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

पत्रपत्रिकाबाट

विहीबार, २० पुस २०७४, ०८ : २३
विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

भोजपुर - भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै पुननिर्माण प्राधिकरणका कर्मचारीले नियमविपरीत रकम असुली गरेको भन्दै विप्लवका कार्यकर्ताले उक्त रकम फिर्ता गर्न दबाब दिएका हुन् ।

दबाबपछि स्थानीय कन्सल्नेन्सीले पीडितसँग लिएको एक लाख ९४ हजार रकममध्ये ३४ हजार नै फिर्ता गरिएको उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस