यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ: प्रदेश यातायातमन्त्री राय

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०८२, १८ : २७
यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ: प्रदेश यातायातमन्त्री राय

जनकपुरधाम । मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रूपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।  

यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा आज यहाँ आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती बनेको बताए । प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको जानकारी दिँदै मन्त्री रायले करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने बताए । कार्यालयले ११ महिनामा रु. ५८ करोड ६९ लाख राजस्व संकलन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र यातायात कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले सडक सबैको साझा हो भन्ने भावनाका साथ सडकमा सवारी साधन सञ्चालन गर्नुपर्ने बताए । जथाभाबी पार्किङ गर्ने, खन्ने खोस्रने र सडक अवरोध नगर्ने उनीहरूको आशय थियो ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष पुरन साहले ट्राफिक सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस