काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् । आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको बताए ।
उनले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गरे । योगको गहिराई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने उनले बताए ।
नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको भन्दै उनले आज शान्तिको बढी खाँचो रहेको र पुर्खाहरूले पृथ्वीमा मात्रै नभई अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १० : ४३
लेखकबाट थप