एजेन्सी म इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ ।
इरान र इजरायलबीच युद्धमा अमेरिका पनि मिसिने भएपछि मध्यपूर्वमा त्रास बढेको छ । युद्धका कारण तेलेको आपूर्तिमा प्रभाव पर्न थालको छ ।
विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ । मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी मुलुकहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति कम हुने अवस्था आएपछि विश्वबजारमा कच्चा तेलको मूल्य उकालो लागेको हो ।
बिहीबार मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६.७० डलर पुगेको छ । ब्रेन्ट क्रुडमा ७६.१८ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।
इरान पनि ठूलो कच्चा तेल उत्पादक मुलुक हो । इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट तेल आपूर्तिमा बाधा पुग्ने भन्दै व्यापारीहरू चिन्तित भएका छन् ।
गत जेठ २९ गत अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ब्यारेलको ७० डलर हारहारी थियो । एक साता नपुग्दै तेलको मूल्य ७ डलर बढेको छ । गत चैतको अन्तिम साता कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा कारोबार भएको थियो । पछिल्लो समय ६० डलरको आसपासमा रहेको कच्चा तेलको मूल्य फेरि बढ्दै गएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएर विभिन्न मुलुकसँग अघोषित व्यापार युद्ध थालेपछि कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको थियो । पछिल्लो समय ट्रम्पले चीनलगायत कतिपय मुलुकसँग थप भन्सारदर लगाए पनि त्यसबाट पछि हट्दा यसको असर कच्चा तेल बजारमा परेको थियो । अहिले युद्धले ठूलो असर गरेको छ ।
भण्डारण गर्दै र आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँले अब विश्वबजारमा तेल बेच्ने तयारीमा छ । अमेरिका अझै पनि विश्वको कच्चा तेल धेरै उत्पादन गर्ने मुलुकमा पर्छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको मूल्य आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । रुस–युक्रेन युद्ध कम भए पनि अझै जारी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि यसको असर नेपाली बजारमा पर्न थालेको छ ।
कच्चा तेलको मूल्य बढेपछि ढुवानी तथा उत्पादन लागत बढनेछ । जसले गर्दा बजार भाउ बढ्नेछ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ असार २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि
साउदी अरेबियाद्वारा सैन्य कारबाहीको चेतावनी, विश्व बजारमा तेलको भाउ आकाशियो
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
११ महिनामा १ खर्ब ७ अर्बको खाने तेल निर्यात, कुन तेल कति ?