एजेन्सी म इरान र इजरायलबीचको युद्ध चर्किंदै गएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको छ ।
इरान र इजरायलबीच युद्धमा अमेरिका पनि मिसिने भएपछि मध्यपूर्वमा त्रास बढेको छ । युद्धका कारण तेलेको आपूर्तिमा प्रभाव पर्न थालको छ ।
विश्वबजारमा बिहीबार कच्चा तेलको मूल्य बढेर ब्यारेलको ७७ अमेरिकी डलर पुगेको छ । मध्यपूर्वमा युद्ध चर्किएपछि खाडी मुलुकहरूबाट पेट्रोलियम पदार्थ आपूर्ति कम हुने अवस्था आएपछि विश्वबजारमा कच्चा तेलको मूल्य उकालो लागेको हो ।
बिहीबार मुरवान क्रुडका कच्चा तेलको मूल्य ब्यारेलको ७६.७० डलर पुगेको छ । ब्रेन्ट क्रुडमा ७६.१८ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।
इरान पनि ठूलो कच्चा तेल उत्पादक मुलुक हो । इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट तेल आपूर्तिमा बाधा पुग्ने भन्दै व्यापारीहरू चिन्तित भएका छन् ।
गत जेठ २९ गत अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ब्यारेलको ७० डलर हारहारी थियो । एक साता नपुग्दै तेलको मूल्य ७ डलर बढेको छ । गत चैतको अन्तिम साता कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ५६.९६ डलरमा कारोबार भएको थियो । पछिल्लो समय ६० डलरको आसपासमा रहेको कच्चा तेलको मूल्य फेरि बढ्दै गएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर बढाएर विभिन्न मुलुकसँग अघोषित व्यापार युद्ध थालेपछि कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको थियो । पछिल्लो समय ट्रम्पले चीनलगायत कतिपय मुलुकसँग थप भन्सारदर लगाए पनि त्यसबाट पछि हट्दा यसको असर कच्चा तेल बजारमा परेको थियो । अहिले युद्धले ठूलो असर गरेको छ ।
भण्डारण गर्दै र आफ्नो स्रोत जोगाउँदै आएको अमेरिका आफैँले अब विश्वबजारमा तेल बेच्ने तयारीमा छ । अमेरिका अझै पनि विश्वको कच्चा तेल धेरै उत्पादन गर्ने मुलुकमा पर्छ ।
रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वबजारमा कच्चा तेलको मूल्य आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । रुस–युक्रेन युद्ध कम भए पनि अझै जारी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि यसको असर नेपाली बजारमा पर्न थालेको छ ।
कच्चा तेलको मूल्य बढेपछि ढुवानी तथा उत्पादन लागत बढनेछ । जसले गर्दा बजार भाउ बढ्नेछ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ असार २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार