इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने

सफल खबर संवाददाता

मंगलबार, ०३ असार २०८२, २० : १२
इजरायलमै अड्किएका विराटनगरका मेयर तीन देशको ट्रान्जिट भएर फर्कने

काठमाडौँ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इजरायलमा अड्किएका छन् । 

गत जेठ २६ गते त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पुगेका मेयर कोइराला गत शुक्रबारबाट इजरायलले इरानमा गरेको हमलासँगै सुरु भएको इजरायल इरान हमलाले अड्किए हुन् ।

जेठ २७ मा इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका कोइरालालाई इजरायलको तेल अभिवस्थित नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितले स्वागत गरेका थिए ।

इजरायलका केही सरकारी अधिकारीहरूसँग पनि मेयर कोइरालाले भेटघाट गरिसकेका थिए । तर कोइराला पुगेको तीन दिन पछि नै युद्ध सरु भएसँगै उनी होटेलकै बंकरमा बस्न बाध्य भएका थिए ।

असार ६ गतेसम्म विभिन्न कार्यक्रमहरू तय गरेर इजरायल पुगेका कोइराला अब आउँदा तीन देशको ट्रान्जिट बनाएर फर्कने भएका हुन् । मेयरका प्रेस संयोजक मिनकुमार नबोदितका अनुसार इजरायलपछि जोर्डन, कुवेत र भारत हुँदै कोइराला नेपाल आउने भएका हुन् । 

उनले इजरायलबाट जोर्डन पुगिसकेर अब कुवेत हुँदै भारत आउने तयारी भएको नवोदितले बताए ।

प्रतिक्रिया दिनुहोस