शपथ नभएपछि जिल्ला फर्कदै सांसद

पत्रपत्रिकाबाट

विहीबार, २० पुस २०७४, ०६ : ५८
शपथ नभएपछि जिल्ला फर्कदै सांसद

प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं. २ का एमाले सांसद राजबहादुर बुढा घर फर्कने तरखरमा छन् । उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक सताअघि काठमाडौं आएका थिए ।

उनले भने, 'प्रतिनिधिसभाको बैठक बस्ने दिन अन्योल भएपछि गाउँ फर्कने सोचाइमा छु । अब एक महिनासम्म जिल्लामा बसिन्छ होला ।', आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस