अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर

पत्रपत्रिकाबाट

विहीबार, २० पुस २०७४, ०६ : ५४
अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर

जाजरकोट । सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ?
तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।

स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनी गत बर्ष अमेरिका गएका हुन् । २०७३ अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो ।\
२०७४ बैशाखयता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् ।  यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए ।
पुनः कार्तिक ६ देखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।
अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज एवं बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् ।

प्रतिक्रिया दिनुहोस