काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन् ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने उल्लेख गरे ।
उनले संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए । शोक प्रस्ताव राख्दा पनि बेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको उनले जिकिर गरे ।
सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनले बताए। अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको उनको भनाइ छ ।
प्रमुख सचेतक बर्तौलाले सङ्घीय निजामती लगायतका महत्त्वपूर्ण विधेयकहरू आजको संसद् बैठकबाट अघि बढाइने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत छौँ : महेश बर्तौला
विपक्षी दललाई एमालेको जवाफ- शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै छ
‘पूर्वराजाको उक्साहटमा सडकमा पञ्चायतकालीन राष्ट्रिय गान गाइयो, कानूनी दायरामा ल्याउनु पर्छ’: सचेतक बर्तौला
टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ : महेश बर्तौला
२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला