प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेशी समुदाय एकजुट हुनुपर्छ: मन्त्री सुडी

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०८२, १९ : २१
प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेशी समुदाय एकजुट हुनुपर्छ: मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

सुडी समाज काठमाडौँ, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी नि:शुल्क प्रशिक्षण’ कार्यक्रममा उनले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राज्यका सबैजसो संरचनामा मधेशी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताए ।

मन्त्री सुडीले भने, “मधेशमा भएको लामो संघर्ष र बलिदानबाट मधेशी समुदायले कतिपय हकअधिकार प्राप्त गरेका छन्, नीति निर्माण तहमा पनि सहभागिता बढ्दै गएको छ । तर अझै धेरै महत्त्वपूर्ण अधिकार प्राप्त हुन नसकेको अवस्थामा ती अधिकार प्राप्त गर्न समुदाय एकजुट हुनु जरुरी छ ।” 

प्रतिक्रिया दिनुहोस