महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण

सफल खबर संवाददाता

शनिबार, ३१ जेठ २०८२, १४ : १२
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण गरेको छ । कृषकहरूलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको महानगरका कृषि तथा पशुपक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।

कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, कृषि तथा पशुपक्षी शाखा संयोजक हीरालाल यादवलगायतले कृषक समूहलाई च्याप कटर हस्तान्तरण गरेका थिए । 

महानगरपालिकामा दर्ता भएका पशुपालक कृषक समूहलाई २२ थान च्याप कटर हस्तान्तरण गरिएको संयोजक यादवले जानकारी गराए । एउटा च्याप कटरको ३३ हजार रुपैयाँ पर्दछ । विराटनगर ३, ४, ६, १२, १८, १९ लगायतका वडाका पशुपालक कृषक समूहले च्याप कटर प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस