शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

पत्रपत्रिकाबाट

विहीबार, २० पुस २०७४, ०६ : ४८
शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

धनगढी । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी शिवपुरी धामस्थित उत्तररामेश्वरम् ज्योतिर्लिंगको दर्शन गरेका छन् ।

दिउँसो नेपालगञ्जबाट धनगढीमा गाडीमा आएर उनले एक सय आठ फिट अग्लो ज्योतिर्लिंगको दर्शन गरेका हुन् ।

पूर्वराजाले धाम परिसरमै रहेको एक सय आठ फिटको शिवलिंग, मुक्तिनाथ मन्दिर र नेपाल आमाको मन्दिरको पनि दर्शन गरेका थिए ।
शिवपुरीधाममा पूर्व राजाले पौने घण्टा पूजा पनि गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस