काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक करिडोर निर्माणका लागि ६ वटा आयोजनालाई २६ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । भौतिक मन्त्रालयले यी आयोजनाका लागि कुल २६ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको हो ।
भौतिक मन्त्रालयको रातो किताबका अनुसार रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाका लागि ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक डिभिजन हेटौंडाका लागि ५ करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
यस्तै उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय ललितपुरका लागि २३ लाख रुपैयाँ राखिएको छ । सडक डिभिजन जनकपुर धनुषाले ४ करोड ६० लाख र सडक डिभिजन बुटवल रुपन्देहीका लागि १० करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै कञ्चनपुरको महाकाली पुल योजनाका लागि १ करोड ४० लाख रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १६ : ०८
लेखकबाट थप