काठमाडौँ । नेपालबाट घरेलु कामदारको रूपमा महिला खाडी मुलुक जाने क्रम नरोकिएको पाइएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका अनुसार कुवेतमा मात्रै ४८ हजार नेपाली महिला कामदार रहेका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो जानकारी दिएकी हुन् । परराष्ट्र मन्त्री राणाका अनुसार जापान भ्रमणका क्रममा खाडी मुलुकको राजदूतहरूसँग उनले भर्चुअल छलफल गरेकी थिइन् ।
त्यसबेला खाडी मुलुकका राजदूतहरूले पनि इलिगल रूपमा महिला कामदार खाडी मुलुक जाने क्रम नरोकिँदा समस्या रहेको बताएका थिए । ‘महिला घरेलु कामदार नपठाउने भनेर रोक लगाएको तर, इलिगल रूपमा त्यहाँ पुग्नुभएको छ,’ उनले भनिन् । इलिगल जानेहरू समस्यामा रहेको उनले बताइन् ।
‘कुवेतमा मात्रै ४८ हजार नेपाली महिला घरेलु कामदार छन् । उहाँहरूलाई लिगल दायरामा नल्याउँदा झनै गाह्रो छ,’ उनी थप्छिन्, ‘पहिला लिगल भएर जानुभएको सुरक्षित हुनुहुन्छ । अहिले इलिगल जाँदा एकदमै गाह्रो छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो : डा. आरजु राणा
अव्यवस्थित शहरीकरण विश्वमै समस्या ल्यायो : परराष्ट्र मन्त्री डा. राणा
जेनेभा प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा
‘ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो’ : डा. आरजु राणा
यी हुन् प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका १२ बुँदे ब्रिफिङ
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कँदै मन्त्री राणा