संसदीय समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १५ : १७
संसदीय समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । नेपाल प्रहरी र बेलायती प्रहरीबीचको सम्बन्ध बढाउनेसम्बन्धी विषयमा राजदूत फेनले चासो राखेका थिए ।

नेपाल र बेलायतबीच आपसी सहयोग र सम्बन्धका विषयमा पनि छलफल भएको छ । समितिमा छलफल भई निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकामा समितिलाई उनले बधाई दिए ।

समितिमा आएको सुरक्षा निकायसम्बन्धी विधेयकका बारेमा पनि राजदूत फेनले चासो राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस