राजदूत शर्मा र हेर्नान्डेजबिच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १४ : ०६
राजदूत शर्मा र हेर्नान्डेजबिच भेटवार्ता

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा र डोमिनिकन गणराज्यका भारत तथा नेपालका लागि राजदूत फ्रान्सिस्को एम.कोंप्रेस हेर्नान्डेजबिच भेटवार्ता भएको छ । बुधवार नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको दूतावासले जनाएको छ । 

भेटका क्रममा दुई देशबिचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने सम्भावित क्षेत्रहरूबारे विचार विमर्श भएको राजदूत शर्माले बताए । विशेषगरी पर्यटन लगायत अन्य संभावित क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुवै पक्षबिच सकारात्मक छलफल भएको उनले बताए । 

नेपाल र डोमिनिकन गणराज्य बिचको कूटनीतिक सम्बन्ध सुदृढ गर्दै भविष्यमा आपसी हितका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा समेत सहमति गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस