दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल बेलायत गएका छन् । प्रवासी नेपाली मञ्चको नवौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव पोखरेल आज बेलायत प्रस्थान गरेका हुन् ।
भोलिदेखि सुरु हुने सम्मेलनको उद्घाटन गर्न पोखरेलका साथमा एमालेका पोलिटब्युरो सदस्य सुजिता शाक्य पनि बेलायत गएकी छन् ।
बेलायत भ्रमणका क्रममा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप-अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिएका छन् । महासचिव पोखरेल असार ८ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले राम्रो काम गरेकै कारण चौतर्फी आक्रमण भइरहेको छ : शंकर पोखरेल
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल