गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्छ: गोकर्ण बिष्ट

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : ०९
गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्छ: गोकर्ण बिष्ट

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण बिष्टले गाउँको तिव्र बसाइँसराई रोक्न तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन् ।

अझै पनि सबै ठाउँमा जनताका आधारभूत आवश्यकता पूरा नसकिएको अवस्थामा स्रोत साधनअनुसार स्थानीय तहदेखि संघीय सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा बिष्टले जोड दिए ।

धुर्कोट गाउँपालिका-५ वस्तुको हिमालय माविमा युडब्लुएस नेपालले निर्माण गरेको विद्यालय भवन उद्घाटन गर्दै बिष्टले अझै पनि शिक्षा र स्वास्थ्यकै लागि गाउँ छोड्नुपर्ने अवस्थाले गाउँ रित्तो हुँदै गएको बताए ।

निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाइलगायतका योजना निर्माण भइरहेको भए पनि तीव्र रूपमा बसाइसराइ भएको बताए । बिष्टले जिल्लाको शिक्षा क्षेत्रमा युडब्लुएस नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै जिल्लामा केन्द्रबाट समावेश भएका विकास निर्माणका योजनाको बारेमा प्रकाश पारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस