स्वदेश फर्कियो नेपाली फुटबल टिम

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, ११ : ५५
स्वदेश फर्कियो नेपाली फुटबल टिम

काठमाडौँ । एएफसी एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।  लाओससँग प्रतिस्पर्धा गरेको नेपाली टिम गए राति ८ बजे काठमाडौँ आइपुगेको हो ।

नेपाली टिमलाई एन्फाका प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।  नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध र एएफसी एसियन कप क्वालिफायरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालले मैत्रीपूर्ण फुटबलमा सिंगापुरलाई १-० ले पराजित गरेको थियो ।

सिंगापुरविरुद्ध नेपाली टिमको यो पहिलो जित हो । यस्तै, क्वालिफायरमा भने नेपाली टिमले मलेसियाविरुद्ध उसैको मैदानमा २-० को हार बेहोरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस