काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ । बिहीबार काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् ।
प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौँका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।
प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीहरूलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउँछ । काठमाडौँ जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०८२, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
तीनकुने घटनाका प्रतिवादीको बयान सुरु
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने