काठमाडौं । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज (बुधबार) विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ ।
दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिएको छ ।
खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका मानिसहरूबीचको साझा भाषा हो । यसले सामाजिक समावेशीकरण, मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्छ । अझ बालबालिकाका लागि खेलले विशेष गरी सम्बन्ध निर्माण, समस्या समाधान र विभिन्न सीप विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धिको अनुच्छेद ३१ अनुसार, खेललाई प्रत्येक बालबालिकाको आधारभूत अधिकारको रुपमा मानिएको छ ।
शिक्षा प्रणालीमा खेलमूलक शिक्षाले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको प्रमाणित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ : सभामुख घिमिरे
बायर्न र डाइनामोबीचको खेलमा गोलको वर्षा, यस्ताे छ ६ खेलको नतिजा