काठमाडौँ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो साढे ३ बजेदेखि बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध सुरु गरेसँगै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित विपक्षीले संसद अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको घुस डिलबारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध