काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसद्लाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा दलहरूबिच संवाद जारी रहेकाले सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए । बर्तौलाले दलहरूबिच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनै पनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरूमाथि अविश्वास गर्न थाले उनीहरू कमजोर हुँदै जाने उनको भनाइ छ ।
बर्तौलाले संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : सचेतक बर्तौला
विपक्षी दललाई एमालेको जवाफ- शिक्षकहरूलाई विद्यालयमा फर्काउन सरकार वार्तामै छ
‘पूर्वराजाको उक्साहटमा सडकमा पञ्चायतकालीन राष्ट्रिय गान गाइयो, कानूनी दायरामा ल्याउनु पर्छ’: सचेतक बर्तौला
टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ : महेश बर्तौला