भक्तपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजनीतिक दलले विकास र समृद्धिका लागि देशमा काम नै गर्न नपाएको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा पोखरेलले नेपालमा राजनीतिक दलले जम्मा १५ वर्ष मात्र काम गर्न पाएका बताए।
उनले राजनीतिक दलले छोटो समयमा पनि धेरै काम गरेका दाबी गरे । ‘नेपालका राजनीतिक दलले छोटो समयमा देश विकासको लागि उल्लेख्य काम गरेका छन्,' उनले भने ।
पोखरेलले नेपालका राजनीतिक दल मध्ये एमाले सबैभन्दा बढी देशको समृद्धिका लागि काम गर्ने पार्टी भएको दाबी गरे । उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण एमालेमाथि आक्रमण भइरहेको बताए ।
एमालेमाथि राजावादी, मण्डले, आफूलाई कम्युनिस्ट भन्ने कम्युनिस्ट विरोधी, लोकप्रियतावादमा विश्वास गर्ने र नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने अन्तर्राष्ट्रिय शक्तिले सामूहिक रूपमा आक्रमण गरिरहेका उनको दाबी छ ।
महासचिव पोखरेलले उनीहरूले एमाले हुँदासम्म आफ्नो स्वार्थ पूरा नहुने देखेर एमालेमाथि सामूहिक आक्रमणको प्रयास गरिरहेका बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महासचिव पोखरेल बेलायत प्रस्थान
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल